नेपालमा सम्पन्न निर्वाचनप्रति भारतका प्रधानमन्त्री मोदीको बधाई
काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै शनिबार मोदीले नेपाली जनता आफ्ना लोकतान्त्रिक अधिकार उत्साहपूर्वक प्रयोग गरेको देख्दा खुशी लागेको उल्लेख गरेका छन् । उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि र गौरवको क्षण भएको बताएका छन्।
नेपालको नजिकको मित्र र छिमेकी देशका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

