Harsamaya
बारा–३ र ४ मा रास्वपाका  अरविन्द साह र  रहवर अन्सारी विजयी
बारा-४ बाट निर्वाचित रहवर अन्सारी ।

बारा - बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् ।     

बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छ्न् ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update