Harsamaya
मोरङ–६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य ।

मोरङ - मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छिन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा आज बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिए ।  

उनले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै  नेकपा (एमाले)का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाले दुई हजार ९०  मत प्राप्त गरेका छन् । 

सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी हुन् । 

मोरङ - ६ को मत अपडेट:-
रुबिना आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) = 55,513 (विजयी)
डा शेखर कोइराला (नेपाली कांग्रेस) = 12,850
विनोद प्रसाद ढकाल (नेकपा_एमाले) = 8,317
मातृका पौडेल (श्रम संस्कृति पार्टी) = 3,400
सविन निरौला (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,092
ओपेन्द्र कुमार राय (नेपाली कम्युनिष्ट पार्टी) = 1,716
सुध राम माझी (जनमत पार्टी) = 420
बसन्त बुढाथोकि (उज्यालो नेपाल पार्टी) = 243
प्रिती झा (सार्वभौम नागरिक पार्टी) = 200
राजु मण्डल राजवंशी (जनता समाजवादी पार्टी, नेपाल) = 148
कुमार प्रसाद खतिवडा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 126
बलराम खवास (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 118
बद्री पासवान (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 97
उत्तम दाहाल (स्वतन्त्र) = 79
अनु मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 62
किरण खडका (स्वतन्त्र) = 39
खडा नन्द रिजाल (स्वतन्त्र) = 35
जम्मा मतदाता : १,३७,८३१ [ ७०,६१७ पुरुष र ६७,२१४ महिला ]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update