निर्वाचनपछि पुनः गुड्न थाल्यो महोत्तरी–मधुबनी रेल
महोत्तरी - प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण तीन दिनदेखि रोकिएको महोत्तरी–मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरका अनुसार फागुन १९ देखि २१ गतेसम्म बन्द गरिएको भङ्गाहा–जनकपुर हुँदै भारतको जयनगरसम्मको रेल सेवा आज बिहानदेखि नियमित रूपमा चल्न थालेको हो।
निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा बन्द गरिएको रेल सेवा पुनः सुरु भएसँगै सीमा क्षेत्रका यात्रुहरूलाई आवतजावतमा सहज भएको रेल्वे कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

