इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु
कोलम्बो - अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्ध पोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको पुष्टी गरेको छ ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् ।
श्रीलंकाली नौसेनाले दुर्घटना स्थलबाट ३२ जना घाइते नौ सैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौ सैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
यो इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लिट रिभ्यूमा सहभागी भई फर्कँदै थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

