काठमाडौं- कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा इरानले गएराती क्षेप्यास्त्र प्रहार गरेको छ ।
कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो र यहाँ क्षेप्यास्त्र प्रहार भएको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।
कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाएको उल्लेख छ ।
तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ । त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।

