सिरहामा मोटरसाइकल बसमा ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
काठमाडौं - सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । एक जना घइने भएका छन् ।
आइतबार राति गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस ठोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका १७ वर्षीय धिरज मण्डलको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
घटना बारे थाप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

