आज पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

