वेदकोटमा घर ढल्दा च्यापिएर महिलाको मृत्यु, एक जना घाइते
महेन्द्रनगर - कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए ।
घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।
त्यसैगरी सोही घरमा रहनुभएकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ । उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

