काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

