Harsamaya
दार्चुलामा आचारसंहिता उल्लंघनका ६ उजुरी
निर्वाचन आयोग ।

दार्चुला - निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । 

हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उजुरी परेको आचारसंहिता अनुगमन अधिकृत विनोद दाहालले जानकारी दिए । दाहालकाअनुसार यसअघि नै आचारसंहिता उल्लंघन गरेको आरोपमा २५ जनामाथि मौखिक स्पष्टीकरण सोधि सकिएको छ ।

 निर्वाचनको समयमा मतसर्वेक्षण गरेको, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको जस्ता घटनामा मौखिक स्पष्टीकरण सोधिएको हो । त्यसैगरी ठूलो आवाजमा गीत बजाएको, अनावश्यक ब्यानर लगाएको विषयमा स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । 

उनले पहिलो चरणमा मौखिक रूपमा स्पष्टीकरण सोधेकामा अब प्राप्त उजुरीमा भने आयोगले लिखितरूपमै स्पष्टीकरण सोध्ने बताए । 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update