Harsamaya
झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी - आसन्न निर्वाचनलाई लक्षित गर्दै बैतडीस्थित झुला घाट नाका तीन दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा बन्द गरिनेछ । सो नाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहनेछ ।

निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ । यस्तै तल्लो सोराड क्षेत्रमा महाकाली नदीका घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि सो अवधिमा बन्द गरिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update