Harsamaya
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज ६ प्रदेशमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको ।  जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।  

आज राति भने तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update