Harsamaya
सुरक्षा जाँचपछि प्रधानमन्त्री पुनः निवासमा फर्किए
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज ।

एजेन्सी - सुरक्षा खतराको आशंकापछि निवासबाट बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि पुनः आफ्नो सरकारी निवास द लजमा फर्किएका छन्।

अष्ट्रेलियाली संघीय प्रहरी (एएफपी)ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’बारे प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री निवासमा गहन खानतलासी गरिएको जनाएको छ। जाँचका क्रममा कुनै शङ्कास्पद वस्तु नफेला परेको प्रहरीले जानकारी दिएको छ।

राजधानी क्यानबेरास्थित उक्त निवासमा गरिएको सुरक्षा जाँचपछि समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा नभएको पनि प्रहरीले स्पष्ट पारेको छ।

पछिल्ला महिनाहरूमा अष्ट्रेलियामा राजनीतिज्ञहरूको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ। यसअघि एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई लक्षित खतराको सामना गर्न नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको जानकारी दिएकी थिइन्।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update