Harsamaya
चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार
बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार ।

काठमाडौं - भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार वर्षदेखि बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।

नेपाली दूतावास दिल्लीमा आएको निवेदनका आधारमा किन इन्डिया, बाल कल्याण समिति र हिमान्चल प्रहरीको टिमले चार वर्षदेखि बन्धक किशोरीलाई उद्धार गरिएको किन इन्डिया सामाजिक संस्थाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए ।

नेपाल न्यूज बैंकलाई जोशीले दिएको जानकारी अनुसार दुई महिनाको प्रयासपछि निज किशोरीलाई सकुशल उद्धार गरिएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई दिल्ली ल्याइने भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update