साम्बाको निःशुल्क उपचार गर्ने केएमसीको घोषणा
काठमाडौं - काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।
घुँडाको गम्भीर चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि सहयोग मागेपछि केएमसीले यस्तो निर्णय गरेको हो।
अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले साम्बा नेपालमै उपचार गर्न तयार भए केएमसीले सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
साम्बाले उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान गर्दै सहयोगको अपिल गरेकी थिइन्।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ २२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

