Harsamaya
निर्वाचन हुन नदिन कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भयो - कांग्रेस
नेपाली कांग्रेस ।

काठमाडौं - नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले भयरहित र सदभावपूर्ण वातावरणमा निर्वाचन हुन नदिन सामाजिक सञ्जालदेखि विभिन्न माध्यम प्रयोग गरी कांग्रेस उम्मेदवारलाई अपमान र दुरुत्साहित बनाउने प्रयास भएको उल्लेख गरे ।

कांग्रेस अनेक संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेकाले आफु पनि भयको राजनीति नगर्ने र अरुलाई पनि भय राजनीतिक गर्न नदिने उनले बताए ।

प्रवक्ता चालिसले कुनै भ्रममा नगरि दृढ भएर चूनावी प्रचार प्रसारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । 

जनता जनताबीचको सद्भाव र धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँ कतैबाट हुनु उचित नभएको भन्दै उनले अरु पार्टीको झण्डा जलाउने काम समेत निन्दनीय भएको धारणा राखे ।

उनले निर्वाचन नजिकिदै जाँदा कांग्रेसप्रति आकर्षण बढ्दै गएकाले घर छाडेर गएकाहरुलाई घर फर्कन आह्वान समेत गरे । 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update