पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
काठमाडौं - काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ ।
काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२ १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

