Harsamaya
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना ।

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् ।

मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् । सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update