विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश
मेलम्ची - नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिको आयोजनामा भएको चुनावी सभामा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कांग्रेस प्रवेश गरेका छन् । प्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार र प्रतिनिधिसभा सदस्य उम्मेद्वार बंशलाल तामाङले पार्टीमा स्वागत गरे ।
एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका समाजसेवी कृष्ण थापाले बंशलाल तामाङ भिजनरी नेता भएको उल्लेख गरे। गगन थापाको भिजन मन परेको र गगन थापाले नै अबको नेपालको भविष्य कोर्ने बताए ।
नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्दै अनिल कुमार थापाले नेपालमा नेपाली कांग्रेस पार्टी मात्रै सच्चिएर आएको पार्टी भएको बताए । जनताको पक्षमा काम गर्ने पार्टी नै नेपाली कांग्रेस रहेको उल्लेख गरे।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

