Harsamaya
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर 
काठमाडौं उपत्यका ।

काठमाडौं - काठमाडौँ उपत्यकाको वायुप्रदूषण घट्दै गएको छ। आज दिउँसो वायु गुणस्तर सूचकांक ९९ पुगेको छ।

गत मङ्गलबार काठमाडौँको वायु गुणस्तर सूचकांक १९१ पुगेको थियो भने बुधबार ११४ मा झरेको थियो। हावा चल्ने दर बढेपछि प्रदूषण घटेको वातावरण विभागले जनाएको छ।

यसअघि काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरमा परेको थियो भने आज १८औँ स्थानमा झरेको छ। हाल लाहोर पहिलो र कोलकाता दोस्रो प्रदूषित सहरमा रहेका छन्।

विशेषज्ञका अनुसार सुक्खा मौसममा प्रदूषण बढ्ने र वर्षा वा हावा चल्दा धुलो तथा कण हटेर प्रदूषण कम हुने गर्दछ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update