Harsamaya
फिलिपिन्समा पहिरो, सात जनाको मृत्यु
फिलिपिन्समा पहिरो ।

एजेन्सी - दक्षिणी फिलिपिन्सका डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ।

फिलिपिन्स रेड क्रसका अनुसार शुक्रबार मोन्कायो क्षेत्रमा तीन जनाको शव फेला परेको छ भने माटी सहरमा एउटै परिवारका चार जनाको ज्यान गएको छ।

रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले प्रभावित क्षेत्रमा उद्धार र अनुगमन कार्य जारी रहेको बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update