आज सामाजिक न्याय विश्व दिवस
काठमाडौं - आज सामाजिक न्याय विश्व दिवस । फेब्रुअरी २० का दिन विश्वभर सामाजिक न्याय विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको फेब्रुअरी २० मा यो दिवस मनाइन्छ ।
सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभा ले प्रस्ताव पारित गरेपछि सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय गरिएको हो।
यस दिवसको मुख्य उद्देश्य सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु हो ।
सामाजिक असमानता न्यूनीकरण, गरिबी उन्मूलन र श्रमिक अधिकार सुदृढीकरणका विषयमा जनचेतना अभिवृद्धि गर्न पनि यस दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२ ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

