Harsamaya
बाह्रबिसेमा नेकपाको शक्ति प्रदर्शन, ३२३ जना पार्टी प्रवेश
बाह्रबिसे बजारमा नेकपाको मार्चपास ।

सिन्धुपाल्चोक - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाह्रविसे क्षेत्रमा बृहत् युवा भेला गर्दै शक्ति प्रदर्शन गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट ३२३ जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।

कांग्रेस नेता मोहन बहादुर बस्नेतको प्रभाव क्षेत्र मानिएको बाह्रबिसेमा भएको कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का नेकपा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले नवप्रवेशीहरूलाई खादा लगाएर स्वागत गरे।

कार्यक्रममा बोल्दै सापकोटाले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दै प्रतिस्पर्धी दलप्रति संयमित रहन युवालाई आग्रह गरे। साथै विभिन्न स्थानीय तहका युवाहरूको सहभागिताले क्षेत्रको राजनीतिमा नयाँ तरंग सिर्जना भएको बताइएको छ।

कार्यक्रममा समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, युवा नेतृ अमृता नेपाल, युवा नेतृ क्रान्ति योन्जनलगायतले क्षेत्र नं. १ मा नेकपाको जित सुनिश्चित भएको बताएका थिए ।

कार्यक्रमअघि नेकपाका युवाले बाह्रबिसे बजारमा मार्चपास समेत गरेका थिए।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update