एजेन्सी - युक्रेनका पूर्व ऊर्जामन्त्री जर्मन गलुशेन्कोलाई मनी लन्ड्रिङ प्रकरणमा औपचारिक रूपमा संदिग्ध घोषणा गरिएको छ। देश छोड्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
युक्रेनको राष्ट्रिय भ्रष्टाचार नियन्त्रण ब्युरोका अनुसार ऊर्जा पूर्वाधार सुरक्षासम्बन्धी ठेक्काबाट ठूलो रकम अवैध रूपमा लिएको आशंका गरिएको छ। परिवारसँग सम्बन्धित बैंक खातामा करोडौँ अमेरिकी डलर फेला परेको दाबी गरिएको छ। दोषी ठहर भए उनलाई १५ वर्षसम्म कैद सजाय हुन सक्छ।
यस प्रकरणमा भोलोदिमिर जेलेन्स्कीका निकट सहयोगीहरूको समेत संलग्नता रहेको आरोप सार्वजनिक भएको छ। उता युरोपियन युनियनले युक्रेनलाई सदस्यता दिनुअघि भ्रष्टाचार नियन्त्रणमा ठोस सुधार आवश्यक रहेको दोहोर्याउँदै आएको छ।
उक्त घटनाले युक्रेनको राजनीतिक तथा प्रशासनिक पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ।

