Harsamaya
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग।

काठमाडौँ - उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । पछिल्लो स्थलगत निरीक्षणका क्रममा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि एक फर्मलाई रु २० हजार जरिवाना गरिएको छ ।

विभागका अनुसार गुन्जेश्वरी ट्रेड लिङ्क प्रालि लाई कैफियत देखिएपछि कारबाही गरिएको हो । हाल विभागले खाना पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय र पसलहरूमा विशेष निगरानी बढाएको जनाएको छ । यही क्रममा अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा अनुगमन जारी रहने विभागले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update