Harsamaya
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
जल तथा मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

यस्तै,तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै,आज राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update