बागलुङमा स्थानीयले बुझाए ४२ थान हतियार
बागलुङ - स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन् । हतियार बुझाउने क्रम जारी रहेको प्रमुख जिल्ला कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनले हतियार लिएका सबैलाई निर्वाचन अगाडि नै प्रहरी प्रशासनसमक्ष बुझाउन पुनः आग्रह गरेका छन् ।
अटेर गरेमा अनुमतिपत्र रद्द गरिने चेतावनी दिँदै उनले नजिकको प्रहरी चौकी वा आफूलाई पायक पर्ने सुरक्षा निकायमा हतियार बुझाउन अनुरोध गरेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले खोजी अभियान सञ्चालन गरेर अनुमति नलिएका ११५ थान हतियार बरामद गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२ ०८:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

