Harsamaya
विदेशी मुद्रामा उतारचढाव : आज कुन देशको पैसा कति पुग्यो ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - वैदेशिक व्यापार, अध्ययन, भ्रमण तथा रेमिट्यान्ससँग जोडिएका सर्वसाधारणका लागि आजको विदेशी मुद्राको दर सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमयदरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको भाउ अद्यावधिक गरिएको हो ।

आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २९ पैसा र बिक्रीदर १६ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपैयाँ , बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ७४ र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

केन्द्रीय बैंकले आवश्यक परे जुनसुकै बेला विनिमयदर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा भने केही फरक पर्न सक्ने जनाइएको छ। अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update