नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य
काठमाडौं - आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटालीविरुद्ध १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

