फिलिपिन्समा डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता
एजेन्सी - दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा दुई साताअघि डुबेको ‘एमभी त्रिशा केर्स्टिन–३’ डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको छ।
फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै २७ जना अझै बेपत्ता रहेको जनाएको छ।
पीसीजीका अनुसार डुङ्गामा कुल ३७२ जना सवार रहेको पुष्टि भएको छ। हालसम्म २९३ जनालाई जीवित उद्धार गरिएको छ। पहिचान प्रमाणीकरण प्रक्रियापछि यात्रु र अघोषित चालक दलका सदस्यहरूको विवरण अद्यावधिक गरिएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

