क्यानाडामा सामूहिक गोलीकाण्ड, ९ जनाको मृत्यु
एजेन्सी - पश्चिमी क्यानाडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिजमा मङ्गलबार भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घटनामा २७ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
प्रहरीका अनुसार टम्बलर रिज माध्यमिक विद्यालयमा सक्रिय बन्दुकधारी रहेको सूचना पाएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
विद्यालय परिसरबाट सात जनाको शव फेला परेको थियो भने एक घाइतेको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। साथै, एक घरबाट थप दुई जनाको शव बरामद गरिएको छ।
गोली चलाएको आशंका गरिएको व्यक्ति पनि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

