Harsamaya
अमेरिकामा नेपालीसहित तीन देशका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
संयुक्त राज्य अमेरिका ।

काठमाडौं - संयुक्त राज्य अमेरिकाको नवौँ सर्किट अपील अदालतले नेपाल, होन्डुरस र निकारागुआका आप्रवासीलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टिपिएस) अन्त्य गरी निर्वासन प्रक्रिया अगाडि बढाउन सकिने बाटो खुला गरिदिएको छ।

ट्रम्प प्रशासनले गत वर्ष यी तीन देशका हजारौँ आप्रवासीको टिपिएस समाप्त गर्ने निर्णय गरेको थियो, जसलाई यसअघि एक सङ्घीय न्यायाधीशले रोक लगाएका थिए। तर अपिल अदालतले सो आदेश अपिलको टुंगो नलाग्दासम्म स्थगित गर्दै सरकारलाई निर्वासन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो।

नेपालमा सन् २०१५ को भूकम्पपछि करिब सात हजार नेपालीले टिपिएस पाएका थिए। गृह मन्त्रालयले सम्बन्धित देशहरूमा अवस्था सुधार भएकाले टिपिएस हटाउने निर्णय गरिएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update