भोजमा मासुको हड्डी अड्किँदा नूवाकोटकी गंगाको मृत्यु
नुवाकोट - तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा भोजमा मासु खानेक्रममा हड्डी अड्किँदा ४१ वर्षीया गङ्गामाया तामाङको मृत्यु भएको छ।
प्रहरीका अनुसार तामाङले ल्होसार पर्व मनाउन आफन्तको घरमा गएको बेलामा कुखुराको मासु खाँदा हड्डी घाँटीमा अड्कियो।
तुरुन्त उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको छ।
तामाङ हाल काठमाडौँको स्वयम्भूमा बस्दै आएकी थिइन्।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ २१:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

