Harsamaya
कार्की जाँचबुझ आयोगको समयावधि २५ दिन थप
गौरीबहादुर कार्की ।

काठमाडौं - सरकारले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठन गरेको जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको हो। आयोगको संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले २०८२ असोज ५ गते गठन भएको थियो।

साथै बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गरेको र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update