काठमाडौं -हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानूमान महाशाखाका अनुसार हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

