Harsamaya
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक अवरुद्ध
रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड ।

गुल्मी - गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि आंशिक रूपमा अवरुद्ध हुने भएको छ।

सत्यवती गाउँपालिका–अन्तर्गत सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नतिको काम सुरु गरिन लागेकाले सवारी आवागमन प्रभावित हुने भएको हो।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार अति संवेदनशील तथा साँघुरो सिस्ने भिरमा सडक चौडा गर्न कटिङ कार्य गर्नुपर्ने भएकाले माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सडक आंशिक रूपमा बन्द गरिनेछ।

निर्धारित अवधिमा दैनिक बिहान ६–९ बजे, १०–२ बजे र ३–७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

बिहान ९–१० बजे, दिउँसो २–३ बजे तथा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म भने सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update