Harsamaya
कैफियत भेटिएपछि राइस मिललाई ५० हजारभन्दा बढी जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग। 

काठमाडौँ - नियमित बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक उद्योगलाई आर्थिक जरिवाना गरेको छ । उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै गरिएको अनुगमनमा नियम उल्लङ्घन गर्ने फर्ममाथि कडाइ गरिएको विभागले जनाएको छ । 

स्थलगत अनुगमनका क्रममा त्रुटि देखिएपछि विभागले राजेन्द्र राइस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम रु ५० हजार ५०० जरिवाना गरेको हो । साथै, स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

विभागका अनुसार आइतबार काठमाडौँ र ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरिएको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा गरिएको उक्त अनुगमनमा अधिकांश फर्ममा सामान्य त्रुटि देखिएकाले २० वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update