दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
काठमाडौं - जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंलाई माघ १९ गते पक्राउ गरेको थियो।
आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएपछि उनलाई छाड्न निर्देशन दिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेले जानकारी दिए।
सरकारी वकिलको निर्देशनपछि दुई दिन हिरासतमा रहेका प्रसाईं रिहा भएका हुन्। उनी वीरगञ्जबाट निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको सूचनाका आधारमा पक्राउ परेका थिए।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

