कांग्रेस विशेष महाधिवेशन विवादः सर्वोच्चको म्याद केन्द्रीय कार्यालयले बुझ्यो
काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन र निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटमा कांग्रेस केन्द्रीय कार्यालयले आइतबार सर्वोच्च अदालतको म्याद बुझेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने आयोगको निर्णयलाई चुनौती दिँदै दायर रिटमा सर्वोच्चले लिखित जवाफ माग गरेको हो। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आयोग, देउवा र थापालाई छलफलमा बोलाउने आदेश दिएको छ।
पार्टीका तर्फबाट लिखित जवाफ पेस भएपछि मुद्दाको सुनुवाइ अघि बढ्नेछ। देउवा–खड्का पक्षले थापा नेतृत्वको कार्यसमितिलाई कामकारबाही गर्न नदिन माग गरेको अन्तरिम आदेशलाई सर्वोच्चले तत्कालका लागि अस्वीकार गरिसकेको छ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

