काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले विधानअनुसार समितिको गठन गर्ने निर्णय गरेको हो। समितिमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य रहेका छन् ।
बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेस गरेका थिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका ०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका ०८२’लाई परिमार्जनसहित पारित गरेको छ।
उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसे ले बैठकमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

