वरिष्ठ अभिनेता सुनिल थापाको शव चलचित्र विकास बोर्डमा राखिने
काठमाडौं - शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शनिबार साँझ विभिन्न कलाकार संघसंस्थाबीचको छलफलपछि श्रद्धाञ्जली कार्यक्रम बोर्डमै गर्ने निर्णय गरिएको हो। बोर्डमा राख्नुअघि थापाको शव पोस्टमार्टम गरिनेछ।
परिवारको आग्रहअनुसार पोस्टमार्टमपछि मात्र शव श्रद्धाञ्जलीका लागि राखिने अध्यक्ष निरौलाले जानकारी दिए।
६८ वर्षीय थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ १०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

