Harsamaya
दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटनामा परेको बस ।

काठमाडौं -धादिङको थाक्रे गाउँपालिका–स्थित महादेवबेँसी नजिक दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस आज बिहान दुर्घटनामा परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक शिशिर थापाका अनुसार ठक्करपछि बस अनियन्त्रित भई सडक छेउको चिया पसलमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा घाइतेहरूको सङ्ख्या यकिन हुन बाँकी रहेको र घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update