कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्नदै छ । बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।
जसअनुसार नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली काँग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने छ ।
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ ०६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

