Harsamaya
बाजुरामा भिरबाट लडेर एकको मृत्यु
सांकेतिक तस्विर: हर समय/Har Samaya

बाजुरा - बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढा रहेका छन्।

शुक्रबार ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेका बुढा गम्भिर घाइते भएका थिए ।

उनलाई न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update