Harsamaya
झापा पुगेर ओलीदे भने - भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । 

उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ ।

सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् ।

उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए ।

उनले भने, ‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ । भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’

साथै, उनले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदान गर्न सबै जिल्लाबासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update