सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं - झापा भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।
आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

