Harsamaya
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं - हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेन छ। आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेन महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update