Harsamaya
यस्तो छ आजको लागि निर्धारण गरिएको विनिमयदर
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७८ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४८ पैसा, कायम भएको छ ।

केन्द्रीय बैकंका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१  पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ य३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update