Harsamaya
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा  हुस्सु र कुहिरो
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू-भागमा साधरणतया बदल लागेको छ र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा  आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update